Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

जनजीवन सामान्यतर्फ: गाडी चल्न थाले, सरकारी कार्यालय र विद्यालय पनि खुल्ने

जनजीवन सामान्यतर्फ: गाडी चल्न थाले, सरकारी कार्यालय र विद्यालय पनि खुल्ने

काठमाडौँ  ।  जेन–जी आन्दोलनका कारण लगाइएको निषेधाज्ञा र कर्फ्यू हटेसँगै देशभर जनजीवन सामान्य बन्दै गएको छ। यातायात सञ्चालनमा आउन थालेपछि सडकमा चहलपहल बढेको देखिन्छ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार, स्थानीय प्रशासनसँग समन्वय गरी आजदेखि देशभर छोटो तथा लामो दूरीका सार्वजनिक गाडी चलाउन थालिएको छ। यसले सर्वसाधारणलाई दैनिक जीवनयापनमा सहजता दिएको छ।

काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा पसल, होटल, सरकारी कार्यालयहरू पुनः सञ्चालनमा आएका छन्। यस्तै, अधिकांश विद्यालयहरू पनि आजदेखि खुल्दैछन्।

काठमाडौँ महानगरपालिकाले आज (आइतबार) विद्यालय खुलाउने र भोलिदेखि (सोमबार) औपचारिक पठनपाठन सुरु गर्ने निर्णय गरेको छ।

सार्वजनिक जीवनमा विस्तारै सामान्यता फर्कँदै गए पनि सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।