काठमाडौं, नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग र समय बुझेर मार्ग प्रशस्त गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आग्रह गरेका छन् । हिजो मात्रै हितेन्द्र देब शाख्यले कुलमानलाई बधाई दिएका थिए । विद्युत प्राधिकरणमा ४ महिना कार्यकाल बाँकी रहदै तत्कालिन केपी शर्मा ओली सरकारले घिसिङलाई पदबाट हटाएको थियो । उनलाई हटाएर ओलीले हिेतेन्द्रलाई नियुक्त गरेका थिए । हितेन्द्र नियुक्त भए देखी नै बिबादमा तानिएका थिए ।
ओलीको सालो नाता पर्ने भन्दै समाचार आए पछि आलोचना भएको थियो । हितेन्द्रलाई ओलीले आफ्नो सहजताका लागी नियुक्त गरेका थिए । डेडिकेटेड र ट्रंक लाईनको महशुल उठाउने बिषयमा ब्यापारि संग बिबाद भए पछि भिसिङलाई हटाईएको थियो । जनता मारेर ब्यापारि पोसेको भन्र्दै ओली सरकारको आलोचना भएको थियो ।
१८–१८ घण्टा लोडसेडिङको मारमा रहेका जनतालाई घिसिले उज्यालो दिएका थिए । उनी रहेसम्म प्राधिकरण नाफामा चलेको थियो तर, उनी हट्ने बित्तिकै देखी घाटा पनि सुरु भएको थियो । जुन कार्यलयमा कर्मचारीको हैसियतमा काम गरेका थिए अहिले त्यहि मन्त्रालयको मन्त्री घिसिङ बनेका छन् । जेनजी आन्दोलन पछि ओली सरकार अपदस्त बन्यो ।
त्यसपछि पुर्व प्रधान न्यायाधिस सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । यहि अन्तरिम सरकारमा घिसिङ उर्जा मन्त्री बनेका छन् । त्यसैले उनीमाथी दबाब पनि निकै छ । उनले उर्जा सहित ३ ओटा मन्त्रालयको जिम्मेवारी समालेका छन् । घिसिङले जेनजी आन्दोलनपछिको समय र जनताको आवाज बुझेर बाटो खुला गर्नुपर्ने बताएका छन् । घिसिङले सबैले आफ्नो विवेक प्रयोग गरेर आजको मागअनुसार बाटो खुला गर्नुपर्ने भन्दै त्यसपछि मात्र विकल्प सोचिने बताएका छन् ।
आन्दोलनका क्रममा शाक्यको पनि घर आगजनी भएको छ । अहिले आन्दोलन पछि देश संकटग्रस्त अबस्थामा पुगेको छ । त्यसमाथी उर्जा क्षेमा छलाङ मारेका घिसिङलाई फेरि एक पटक अवसर पनि छ। अन्तरिम सरकारको आयु अब जम्मा ६ महिना मात्रै बाँकी छ । यो ६ महिनामा द्धिसिङले आफुलाई थप परिस्कृत बनाउँदै जेनजी तथा समग्र जनताको आशालाई जिवीत राख्ने चुनौति पनि छ ।
उर्जा मन्त्रालयको नेतृत्व घिसिङले समाले संगै धेरैले उनीबाट आशा ब्यक्त गरेका छन् । ज्नताको आशालाई बास्तबिकतामा बदल्ने घिसिङलाई एउटा सुनौलो अबसर पनि छ। ऋहिले जनातको माग अनुसार नै सरकार बनेकाले घिसिङले हितेन्द्रलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।