Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

कार्की र मोदीबीच आज कुराकानी हुँदै

कार्की र मोदीबीच आज कुराकानी हुँदै

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज कुराकानी हुने भएको छ। सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओमा स‌ंवाद हुन लागेको हो । 

यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए। भारतीय राजदूतमार्फत प्रधानमन्त्री कार्कीले बिहीबार पारस्परिक हितका विषयमा विस्तृतमा छलफल गर्ने जवाफ दिएकी थिइन्। त्यसअनुसार आज भारतका प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री कार्कीले भिडिओ कुराकानी गर्ने भएकी हुन्।