Shares
Shares
काठमाडौँ । गत भदौ २३ र २४ गते नेपालमा जेनजी समूहको नाममा भएको आन्दोलनले उग्र रुपलिदा ठूलोजनधनको क्षति भयो । प्रहरीको गोली लागेर धेरै युवाहरु कहिले नउठ्ने गरि ढले ,सिंहदरबार जल्ने देखी सकारी कार्यालय पनि जेनजी आन्दोलनको निशनामा प¥यो । त्यति मात्र नभई शिर्ष नेताहको आलिसान महलहरु पनि खरानी भए । यहिबिचमा आन्दोलनलाई उग्र बनाउदै घुसपैठ भयो । कलाकार देखी कन्टेन क्रियटरहरुलाइ पनि बिभिन्न आरोप लागेका समाचारहरु पत्रिकामा पनि फोटो सहित आयो । बिशेषगरि बिदेशमा बसेर नेपालमा भएको जेनजी आन्दोलनमा बितण्डा मच्चाउनेहरूको पनि धमाधम पहिचान खुल्न थाल्यो जस्ता समाचार आयो । बिदेशमा रहेर पनि आन्दोलनलाइ साथ दिदै सफल बनाउनेमा केही नेपाली छन ।
जसले आन्दोलनको क्रममा भएका त्रृटिहरुलाई सबैमाझ ल्याईरहेका छन । तर उनीहरुको चर्चा पनि हुन सकिरहेको छैन । सामाजिक सञ्जालमा मार्फत सचेत गराईरहेका थिए । त्यसमध्ये एउटा नाम हो । राधाकृष्ण देउजा,उनी अमेरिकामा छन समसामायिक बिषयमा घटनाक्रमलाई बिश्लेषण गर्दै आफनो बिचारहरु राखिरहन्छन । उनी भन्छन जेनजी आन्दोलनलाई अमेरिकामा बसेर सबैले उक्साए भन्ने समाचर आएको छ तर हामीले उग्र बनिरहेको आन्दोलनमा होमिएकालाई संयमित बनाउन खोजिरहेका थियौ । राधाकृष्ण जसले देश जोगाउन बारम्बार फेसबुकमा आफनो सान्दर्भिक भनाईहरु राखिरहेका थिए। सबैलाई अपिल पनि गरिरहेका थिए । देउजाले आन्दोलनको विषयमा विश्लेषण गर्दै, नेपालको राजनीतिक संक्रमण, युवाको असन्तोष, र सामाजिक न्यायका मुद्दाहरूलाई गहिरो रूपमा हेर्न आग्रह गरेका छन्। यस्तो बेला, जब सामाजिक सञ्जालमा भ्रम फैलाउने होडबाजी चल्ने गर्छ । उनले देशभित्र र बाहिर रहेका नागरिकहरूलाई सामाजिक जिम्मेवारीको भावना बोकेर प्रस्तुत हुन प्रेरणा दिएका छन्।
उनी भन्छन, भ्रष्टचार रहित लोकतान्त्रिक देशको सुनिश्चितताको लागि आन्दोलन गरेका जेनजी भाइ वहिनीहरुको चाहना विपरित, उनीहरुले गरको त्याग र वलिदानको आडमा लोकतन्त्र कानुनि राज र जनताले बनाएको संविधानलाइ च्यातेर इतिहासमा थन्किएका पात्रहरुको पुनर्वहाली गर्न कोहि तम्सिएमा देश एक पटक जुरुक्कै उठनेछ । जनताले फेरी भन्नेछन कि हामी वहुदलीय लोकतन्त्र र कानुनीराजको सिद्धान्त प्रति प्रतिवद्ध छौं अनि त्यसो गर्दै गर्दा कतिपयले आफ्नै कारण हिजो शासन गुमाएर पनि पाएको आसन पनि गुमाउने छन ।
यस्तै देउजाले लेख्छन कुनै बेला थियो एमाले बिगारेर बामाले बनाएर कमरेड केपी ओलीलाइ केपी बा बनाइएको । त्यसको परिणाम के भयो एक असल कुशल राजनेताको रुपमा इतिहासमा दर्ज हुन सक्ने केपी ओली आज देश विदेशका नेपालीहरुको विचमा एक क्रुर तानाशाह जस्तो देखिन पुग्नु भयो । केपी ओलीका धेरै कुराको म आलोचक हो र त्यो मैले खुल्लम खुल्ला गर्दै आएको छु तर पनि तथ्यले अन्यथा प्रमाणित नगरुन्जेल वहाँ आर्थिक लाभको लागि काम गर्ने वा कुनै प्रकारको हिंशा मन पराउने मान्छे हो भन्ने लाग्दैन ।
मलाई लाग्छ केपी ओली पार्टी भित्र आफ्नो स्वार्थको व्यापार गर्ने स्वार्थीहरुको घेराबन्दिमा पर्नु अनि तिनको हितकै लागि भए पनि सत्ता नभई नहुने अवस्थामा पुग्नुले वहाँको निम्ती आजको दिन आयो । न वहाँको मान सम्मान र इज्जत रह्यो न त एमाले पार्टीनै सग्लो र सम्मानित रह्यो । जे होस कम्जोर थिलथिलो भए पनि जीवित रहेको एमालेमा प्राण हाल्ने हो भने अव दोष जति सबै केपी ओलीलाइ हालेर हुँदै हुन्न । केपी ओलीले भए गरेका कामहरु र त्यसको परिणामको निम्ती सजायँ पाउँदै गर्दा सम्मानित नेताको रुपमा हैन एक तानाशाहको रुपमा चिनिने ठाउँमा केपी ओलीलाइ पुर्याउने तमाम अरौटे,भरौटे अनि दासहरुले चाहिं पनि माथिको ओभानो बन्न पाउनु हुँदैन ।
यदी एमालेलाइ थप क्षती बाट जोगाउने हो भने एमाले भित्र रहेर बामाले बन्न इन्कार गर्दै आफ्नो राजनीतिक भविष्य दाउमा राखेर पनि केपी ओली संग तर्क वहस गर्न सकेको सरल इमान्दार र संस्कारीहरु एमालेको नया चेहेरा बन्नु पर्छ । अव पनि हिजो केपी ओलीलाइ आफ्नो स्वार्थ अनकुल चलाउनेहरु नै आफुलाइ एमालेको मसिहा ठान्दै हिडने अनि आम एमालेलाइ त्यस कुरालाइ पचाउने हो भने एमाले कुसंस्कारी , अविवेकी र अराजकहरुको भिड मात्रै हुनेछ । हिंशा र प्रतिहिंशाको शृंखला चल्ने खतरा बढी रहेको सन्दर्भमा अव शान्ति, एकता, सहकार्य र सदभावको सन्देश फैलाउनु अनिवार्य छ । को कति अपराधी हो, कति हिंशा आगजनी लुटपाटको जिम्मेवार हो अनि को कति भ्रष्टचारी हो त्यसको छानविनको जिम्मा अव न्यायमूर्ति सुशिला कार्की नेतृत्वकै सरकारलाइ नै छोडौं । न्यायमुर्तिले पक्कै अन्याय गर्नु हुन्न भन्ने विश्वास गर्दै हामि देश विदेशमा बस्नेहरु चाहिं सम्पूर्ण रुपमा सामाजिक सदभाव पुनर्जीवित गर्दै बुद्ध जन्मेको देशलाइ शान्त बनाउन केन्द्रित हुनुपर्छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209