Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रमेश थापा

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रमेश थापा

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौका प्रमुख एसएसपी विश्वराज अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयले उनको स्थानमा एसएसपी रमेश थापालाई पठाएको छ । 

नयाँ काठमाडौँ प्रहरी प्रमुख भएका एसएसपी थापा यसअघि प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए। विभिन्न जिम्मेवारीमा अनुभव हासिल गरिसकेका उनी अनुशासित र दक्ष प्रहरी अधिकारीका रूपमा परिचित छन्।प्रहरी भित्र काबिल अफिसरको रुपमा थापालाई चिन्ने गरिन्छ । उनी कास्की प्रमुख हुँदा पनि कोभिडको बेलामा निरन्तर खटिएका थिए ।