Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देउवाको घरमा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको कांग्रेसको प्रष्टीकरण

देउवाको घरमा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको कांग्रेसको प्रष्टीकरण

काठमाडौँ । शेरबहादुर देउवा र आरजू राणाको घरबाट भदौ २४ गते भएको प्रदर्शनका क्रममा जेनजी समूहले घर् जलाइदिएपछि सोही घरमा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको कांग्रेसले प्रष्टीकरण दिएको छ । भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका नाममा देउवा निवासमा भएको आक्रमण पश्चात सामाजिक सञ्जालमा पैसाको सुरुङ भेटिएको भन्दै भिडियोहरू सार्वजनिक भएपछि सचिवालयले खण्डन गरेको हो । पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले भ्रम फैल्याइएको भन्दै देउवाको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । घरबाट पैसैपैसा भेटिएकोबारे उनको निजी सचिवालयले खण्डन गरेको छ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले वक्तव्य जारी गर्दै सामाजिक सञ्जालमा आएका भिडियोहरु फेक भएको दाबी गरेका छन् । त्यस्तै, देउवा दम्पतीमाथि डकैती शैलीमा घरमा आक्रमण भएको पनि उल्लेख छ । र जेनजी समुहको आक्रमण परि घाईते पनि भएका छन । उनीहरुको उपचार भईरहेको छ । यता  विज्ञप्तिमा थप भनिएको छ, ‘ जेन–जीको आन्दोलनलाई धमिलो बनाई आ–आफ्नो कुत्सित मनसाय पुरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने, राजनैतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्ने जस्ता अपराधिक क्रियाकलाप भएकोप्रति भत्त्सना गर्दछौ। भदौ २४ गते डकैतीको शैलीमा नेपाली काग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा आरजु राणा देउवा लगायत माथि सांघातिक आक्रमण भएको हो ।


तर त्यस्तो जघन्य अपराधिक घटना पछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा “देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको“ जस्ता कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार हुन् । यस्ता बदनाम गराउने उद्देश्यले विषेश गरी सामाजिक संजालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्दछु । विभिन्न सामाजिक सञ्जालमा घर भित्र रहेको अण्डर ग्राउण्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याङकी रहेको स्पष्ट गर्दछु । जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहान्छौ । भन्दै स्वकिय सचिव भानु देउवाले बिज्ञप्ती निकालेका छन।