Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारले अनुसन्धान तथा नियामक विभागहरू फेरि सम्बन्धित मन्त्रालयमा फर्काउने तयारीमा

सरकारले अनुसन्धान तथा नियामक विभागहरू फेरि सम्बन्धित मन्त्रालयमा फर्काउने तयारीमा

काठमाडौं, सरकारले प्रधानमन्त्री कार्यालयअन्तर्गत राखिएका तीन महत्वपूर्ण विभागहरू पुनः सम्बन्धित मन्त्रालय मातहत ल्याउने तयारी गरेको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, आइतवार बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा, जबकि सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालयमा पुनः ल्याउने प्रस्ताव अघि बढाइएको छ।

यी विभागहरू २०७५ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालय मातहत ल्याएका थिए। तर, त्यसयता सुरक्षा समन्वयमा कमजोरी र नियामक निकायहरूको कार्यक्षमता घटेको भन्दै आलोचना हुँदै आएको थियो।

अर्थ स्रोतका अनुसार, सम्बन्धित मन्त्रालयको प्रत्यक्ष समन्वयमा रहेर काम गर्दा यी विभागहरू बढी प्रभावकारी हुने विश्वाससहित कार्यविभाजन नियमावली संशोधनको प्रस्ताव अघि बढाइएको हो।