Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

के पी ओली र लेखक भाग्न सक्ने भन्दै राहदानी रद्द गर्न माग

के पी ओली र लेखक भाग्न सक्ने भन्दै राहदानी रद्द गर्न माग

काठमाडौँ । के पी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिनुपर्ने माग जनस्तरमा उठिरहेको छ । उनीहरुलाई अहिले नै गिरफ्तार गरिनुपर्ने र विदेश भागेर जाने सम्भावना रहेकाले राहदानीसमेत रद्द गरिनुपर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि माग गरेका छन । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनका क्रममा बर्बरतामा संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याइनुपर्ने बताएका हुन् ।  

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेन–जी आन्दोलनलाई निर्मम दमन गर्ने तत्कालीन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीसमेतलाई गिरफ्तार गरिनुपर्ने बताएका छन् । सबै नेताहरुको घर–घरमा छापा मारेर उनीहरुसँग भएको पैसा जफत गर्ने हो भने अहिले जलेको जस्तो ५ वटा सिंहदरबार बनाउन पुग्ने उनको दाबी छ । साथै, वर्तमानसरकारले चुनाव गराउनै पर्ने र चुनावको विकल्प नरहेको उनले बताए । चुनाव गराउन नसकेको खण्डमा मुलुक दुर्घटनामा पर्ने उनको चेतावनी छ ।साथै, उनले सबै नेताहरुको सम्पत्ति जफत हुनुपर्ने माग पनि राखे । निवर्तमान प्रधानमन्त्री ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल पक्राउ गरि कारबाही गर्नुपर्ने माग सहित आवाज चर्किन थालेको हो । जेनजीका सल्लाहकार डा। निकोलश भूसालले राष्ट्रियसभा विघटन गरेर संविधानले संशोधन गरेर पत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने बताए । उनले २०४६ सालपछिका सम्पूर्ण उच्च तहका नेता कर्मचारीको सम्पत्तिको छानबिन गर्न उच्चस्तरिय आयोग बनाउन समेत माग गरे ।जेनजी आन्दोलनका घाइते हरि अधिकारीले सहिद परिवार नर्गिस थापाले आफूहरूले समाजमा व्याप्त कुशासनविरुद्ध आन्दोलन गरेको बताए । उनले आफ्ना माग पूरा नभए आन्दोलन जारी रहेन समेत बताए ।


यता जेनजी समूहले तत्कालिन सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसहितलाई तत्काल पक्राउ गर्न माग गर्दा यता आन्दोलनकारीमाथि दमन गरेको आरोप लागेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूले राजीनामा दिएपछि छानीछानी सार्वजनिक र निजी सम्पत्ति खरानी बनाइएको बताएका छन् ।यसैगरी एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले पनि भदौ २३ गते सरकारले प्रहरीलाई गोली चलाउन आदेश नदिएको निवर्तमान प्रधानमन्त्री ओलीकै दाबी दोहो¥याएका छन् । यता महेश बस्नेतले आफूसंग सुदनको कुराकानी भएको, सोक्रममा सुदनले एमालेमा आउने इच्छा व्यक्त गरेको र उनी छिटै नै एमालेमा प्रवेश गर्न लागेको अभिब्यक्ति दिएका छन् । उनको सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।तर, गुरुङले आज आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै सो दाबीलाई “पूर्णतः झूटो” भन्दै खण्डन गरेका हुन् । उनले जारी गरेको प्रेस विज्ञप्तिमा बुँदागतरुपमा आफ्ना भनाइ राखेका छन्, जसमा आफूले कहिल्यै महेश बस्नेतसँग बोलचाल नगरेको उनले लेखेका छन् ।