काठमाडाैं, प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र एक्स (ट्वीटर)मा आइडी बनाएर समाचार तथा पोस्टहरू गरिएका आइडी नक्कली भएको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीका पोष्टको भ्रममा नपर्न भनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निकालेको सुचनामा भनिएको छ सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाई फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोष्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ। साथै, यस किसिमको गैरकानूनी कार्य गरेमा प्रचलित कानूनवमोजिम आवश्यक कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।
यस्तो गैरकानूनी कार्य गरेमा प्रचलित कानूनबोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ । अहिले उनको फेक आईडी बनाई भ्रम फैलाउने गरि काम गरिरहेको पाईएको छ । बिषम परिस्थितीमा अन्तरिम सरकारको जिम्मेवारी सम्हाल्न आएकी उनै सुशिला कार्कीको राम्रो कामको चर्चा भईरहेको छ । उनले मन्त्रीमण्डल गठन देखी लिएर सरकार हरेक निर्णयले यतिबेला चौतफि प्रंशसा पाईरहेको छ ।
नेपालमा सन् १९९० पछिका दिनमा सूचना तथा सञ्चारका क्षेत्रमा आएको व्यापक विकास र विस्तारका कारण यससँग सम्बन्धित विभिन्न अपराध बढ्दै आएका छन् । विगतमा मुलुकी ऐन तथा अन्य ऐनका विभिन्न दफा लगाएर कानुनी कारबाही हुँदै आएकामा ०६३ बाट भने विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी विशेष ऐन नै ल्याई हाल लागू भइरहेको छ । कम्प्युटरका विभिन्न माध्यमको प्रयोग, पासवर्ड ह्याकिङ, क्रेडिट कार्डको अवैध प्रयोग, अवैध मुद्रा र जाली नोटको प्रयोग, कपिराइट, यौनसम्बन्धी अपराध, सफ्टवेयरको अनधिकृत प्रयोग र निगरानीदेखि लिएर ठुल्ठूला अपराधसम्म हुने गरेका छन् ।
ऐनको दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसुरको उल्लेख गरी सो प्रमाणित भएमा कानुनअनुसार ५० हजारदेखि पाँच लाखसम्म जरिवाना तथा ६ महिनादेखि पाँच वर्षसम्मका जेल सजाय कसुर अपराधको मात्रा हेरी अदालतले तोक्न सक्ने कानुनी प्रावधान राखिएका छन् । यससम्बन्धी अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा गर्न सकिने प्रबन्ध रहेकामा हालचाहिँ सबै जिल्ला अदालतलाई समेत यससम्बन्धी कानुनी कारबाही गर्न सक्ने अधिकार दिइएको छ । यससम्बन्धी उजुरीचाहिँ प्रहरी प्रशासनमा गर्न सकिन्छ ।
नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ तथा मुलुकी देवानी (संहिता) ऐन, २०७४ का विभिन्न दफामा समेत अरूलाई हानि–नोक्सानी गरेको पाइएमा विभिन्न प्रकारका सजाय हुने कानुनी व्यवस्था रहेको छ । सामान्य अवस्थामा अनुमति नलिई कसैको तस्बिर खिच्नु, सामाजिक सञ्जालमा फोटो राख्नु, गाली वा बेइज्जती हुने गरी अर्काको प्रतिष्ठामा आँच पुग्ने गरी गरिने कुनै पनि कार्यलाई कानुनले अपराध मानेको अवस्था छ ।