Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देउवा, आरजु र खड्कामाथि पक्राउ पुर्जी जारी हुन सक्ने; सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान तीव्र

देउवा, आरजु र खड्कामाथि पक्राउ पुर्जी जारी हुन सक्ने; सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान तीव्र

काठमाडौं, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी तथा सांसद आरजु राणा देउवा, र पूर्वमन्त्री दीपक खड्कामाथि पक्राउ पुर्जी जारी हुने सम्भावना देखिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि अनुसन्धान अघि बढाएपछि यस्तो संकेत देखिएको हो।

विभागले कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खड्काको घरमा भदौ २४ गते आगजनी हुँदा जलेको भनिएको नोटको मुचुल्का संकलन गरेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा घरभित्र गड्डीका गड्डी रकम भेटिएको, नोट जलेको र मानिसहरू भग्नावशेषमा खोजतलास गरिरहेको देखिएको थियो।

यही प्रकरणमा गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालले "राजनीतिक कारणले रोकिएका मुद्दाहरू अब कानूनअनुसार अघि बढ्नेछन्" भन्ने धारणा सार्वजनिक गरेपछि प्रमुख नेताहरूबीच चिन्ता र सरगर्मी बढेको देखिन्छ।

अनुसन्धानको ढिलाइमा प्रश्न
यद्यपि, जनआक्रोशका बेला नै भिडियो सार्वजनिक भएको भए पनि विभागले झन्डै दुई साता ढिला गरेर मात्रै मुचुल्का उठाएको हो। असोज ५ गते देउवा र खड्काको बूढानीलकण्ठस्थित निवासमा पुगेको टोली असोज ७ मा मात्रै प्रचण्डको खुमलटारस्थित घरमा पुगेको थियो।

सामाजिक सञ्जाल र खण्डन
घटनाबारे सार्वजनिक भएका भिडियोलाई लिएर देउवा पक्षले भिडियो फर्जी भएको र बदनियतपूर्ण प्रचार गरिएको दाबी गर्दै खण्डन गरेको छ। तर विभागले नमुना संकलन गरी विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको छ।