Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

केपी शर्मा ओली र लेखक सहितका ५ जनालाई विदेश जान रोक ,काठमाडौं बाहिर निस्कदा पनि सोध्न पर्ने

केपी शर्मा ओली र लेखक सहितका ५ जनालाई विदेश जान रोक ,काठमाडौं बाहिर निस्कदा पनि सोध्न पर्ने

काठमाडाैँ, सरकारले के पी ओली,रमेश लेखक सहित केही व्यक्तिलाई विदेश जान रोक लगाएको छ । सुसीला कार्की नेतृत्वको अन्तिम सरकारले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखक,पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाएको हो ।  अब उनीहरूले उपत्यकाबाहिर जान पनि आयोगको अनुमति लिनुपर्नेछ। जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग गरेका कारण अनुसन्धानको दायरामा रहेको भन्दै न्यायिक जाँचबुझ आयोगले उनीहरूको यात्रा सीमित गरिदिएको हो।

सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । जेन जीहरुको आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै ओली र लेखकलाई पक्राउ गर्न दबाब बढेको थियो । ‘भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,’ निर्णय आयोगले गरेको छ। 

यस्तै, जाँचबुझ आयोगको काम प्रभावकारी रूपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकोले थप जनशक्तिको लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय पनि भएको आयोगले जानकारी दिएको छ। यता  शेर बहादुर देउवा,आरजु राणा र दिपक खड्का माथि पक्राउ पुर्जी जारी हुनसक्ने देखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ,यसकै लागि उनीहरु माथि पक्राउ पुर्जी जारी हुनसक्ने देखिएको हो ।

 सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने कांग्रेस सभापति शेर बहादुर देउवा,माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र पूर्वमन्त्री दिपक खड्काको घरमा नष्ट भएका नोटको मुचुल्का उठाएपछि अनुसन्धान अगाडि बढाइरहेको छ । विभागले पनि अनुसन्धान अगाडि बढिसकेको जनाएको छ । गृहमन्त्रीको निर्देशनपछि पूर्ववर्ति सरकार र उक्त गठबन्धनमा सामेल नेतामाथि सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको मुद्दा चलाउने तयारीबारे व्यापक चर्चा समेत चलेको छ ।  जेन जीहरुको आन्दोलनमा उनीहरुको घर जल्दा अकुत पैसा भेटिएपछि सरकार ले नै  छानविन गर्ने निर्णय गरेको थियो ।  गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को निरीक्षणका क्रममा राजनीतिक कारणले रोकिएका मुद्दाको कानूनतः अनुसन्धान गर्ने बताएपछि विभिन्न पार्टीका नेताहरु यतिबेला अतालिएका छन ।