Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

के कुलमान घिसिङ पार्टीमा जान संवादमा छन ?

के कुलमान घिसिङ पार्टीमा जान संवादमा छन ?

काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीसँग सम्वादमा रहेको कुरा आएपछि घिसिङले मुख खोलेका छन । मन्त्री समेत रहेका उनले उज्यालो नेपाल पार्टी (उनेपा)सँग कुनै पनि सम्वादमा नरहेको बताएका हुन । घिसिङले आफु संवादमा नरेहेको र जुम मिटिङमा पनि संलग्न नहुने उनको प्रष्टीकरण दिएका छन । 


निर्वाचन आयोगमा दर्ताका लागि कागजात पेस गरेको उनेपाले नयाँ दल गठनबारे कुलमान घिसिङसहितका विज्ञहरुसँग जुम मिटिङ गर्ने भनेर प्रचार गर्दै आएको छ । यस सम्बन्धमा समाचार सार्वजनिक भएपछि कुलमान घिसिङले त्यसको खण्डन गरेका हुन् ।

कुलमान घिसिङलाई उज्यालो नेपाल पार्टीमा लैजाने गरि छलफल सुरु गरिने खबरहरु बाहिर आएका थिए ।