काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने भएका छन्।
उक्त कार्यक्रम आज बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजना हुँदैछ। नेता बस्नेतले देशको वर्तमान राजनीतिक अवस्था र पार्टी सम्बन्धी महत्वपूर्ण विचार तथा विश्लेषण प्रस्तुत गर्ने जनाइएको छ।
कार्यक्रममा संचारकर्मी तथा पत्रकारहरूको उपस्थिति अपेक्षित गरिएको छ। नेता बस्नेतले मिडिया प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी भई समाचार संकलन गर्न विशेष आमन्त्रण गरेका छन्।