Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन र सुदनविरुद्ध फेरि अर्को जाहेरी, दर्ता हुन सकेन ,आयोगमा पठाईदै

बालेन र सुदनविरुद्ध फेरि अर्को जाहेरी, दर्ता हुन सकेन ,आयोगमा पठाईदै

काठमाडौं, बालेन शाह र सुदन गुरुङबिरुद्ध फेरि अर्को जाहेरि परेको छ । युवराज सफलले साह र गुरुङविरुद्ध जाहेरी लिएर आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध अहिले देशैभरि जाहेरि दिने तयारी पनि भएको छ । परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बालेन र सुदनबिरुद्ध आज पनि जाहेरी आएको छ । योसँगै दुई वटा जाहेरी प्राप्त भएको छ ।

मंगलबारमात्रै साह र हामी नेपालका संयोजक तथा जेनजी अगुवा गुरुङविरुद्ध एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले जाहेरी लिएर पुगेका थिए । यी दुवै जाहेरी अहिलेसम्म दर्ता गरिएको छैन । २३ र २४ भदौमा भएका घटनाहरू छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतमा उच्चस्तरीय आयोग बनाइएको छ ।

अहिले जाहेरी परेका विषय पनि आयोगकै क्षेत्राधिकारभित्र पर्ने भन्दै प्रहरीले आयोगमा पठाउने तयारी गरेको छ । यसअघि सुदन गुरुङसहितको समूहले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकविरुद्ध जाहेरी लिएर परिसरमा पुगेका थिए । आन्दोलनका क्रममा र आन्दोलनरत जेनजीलाई ओलीको राजीनामापछि साँझ स्टाटस लेखेर आन्दोलन रोक्न, नेपाली सेनासँग वार्ता गर्न, संसद विघटन गराउन भनेको उल्लेख छ।

यी कुराले बालेनले जेनजी आन्दोलनको नेतृत्व गरेको देखिने जाहेरीमा उल्लेख छ।  विदेशीको इसारामा अहिले प्रधानन्यायाधीश र न्यायाधीशहरुको राजीनामा माग्न लगाउन पनि उनको भूमिका रहेको सफलको आरोप छ। सुदन गुरुङको टोली आन्दोलनमा मिसिएपछि मात्रै गोली चलेको, वास्तविक जेनजीहरु घुसपैठ भयो भनेर फर्किएका कारण उनीहरुमाथि छानविन आवश्यक रहेको उल्लेख छ। अहिले बालेनले सिंहदबार जल्दा समेत आगो निभाउन दमकल नपठाएको र सुदनले आगजनी गरेको भन्दै जाहेरी पर्न थालेको छ ।

र्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएकाले आजदेखि देशैभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरिएको अखिलको दाबी छ । केन्द्रको समन्वयमा जिल्ला जिल्लामा आजदेखि जाहेरी दिने बताईएको छ । यता आन्दोलनमा उक्साउने काम भएकाले हत्या हुन पुगेको, राष्ट्रिय सम्पत्ति जलाउने र तोडफोड गर्न उक्साउने काम भएको तथा नेपाली नागरिक भएर विदेशीलाई जासुसी गरेकाले जाहेरी दिएका उनले बताए। लुटपाट, आगजनी, प्रहरीलगायत व्यक्ति हत्या गरेको आरोपमा कारबाहीका लागि जाहेरी दिएको अनेरास्ववियुका महासचिव दीपक धामीले पनि बताए।