Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेन–जी आन्दोलनपछि बढ्दो सुरक्षा संकट र राजनीतिक घेराबन्दी

जेन–जी आन्दोलनपछि बढ्दो सुरक्षा संकट र राजनीतिक घेराबन्दी

काठमाडौं, अहिले देशमा जेनजी आन्दोलनपछि सुरक्षा खतरा बढिरहेको छ । एक पछि अर्को पक्षहरुले धमाधम खुलेर अन्तरिम सरकारमाथि सुरक्षा चुनौती बढाईरहेका छन। एकातर्फ सरकारलाई निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने दबाब बढिरहेको छ , अर्को तर्फ बालेन शाह , सुदन गुरुङ बिरुद्ध धमाधम देशभर जाहेरि पर्न थालेका छ यति मात्र नभई कारबाहीको माग गर्दै ओलीको ब्यानर हटाएर माइतीघरमा बालेन र सुदन गुरुङको ब्यानर केही युवाहरुले राख्दा लफडा हुन पुग्यो ।

यति मात्र होईन जेन जीहरुका अभियान्ताहरुले आज माईतीघरमा प्रर्दशन गर्न पुगे ,यसैगरि दुर्गा प्रसाईले पनि छठपछि ठूलो आन्दोलन चर्काउने चेतवानी दिएका छन । यसले गर्दा अहिलेको सरकारलाई चौतर्फि दबाब र सुरक्षाको खतरा देखिएको  छ । यसैबिचमा आज गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन । मन्त्रालयमा करिब २ घण्टासम्म सुरक्षा निकायका प्रमखु तथा प्रतिनिधिहरूसँग गृहमन्त्री अर्यालले ब्रिफ्रिङ लिए ।

जेन–जी र अन्य समूहले गर्नसक्ने प्रदर्शन र उत्पन्न हुनसक्ने परिस्थिति , ओली, लेखक , बालेन सुदन गुरुङविरुद्ध परेको जाहेरीको बिषयमा छलफल भएको छ । जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ । केही नेताहरूले दिएको अभिव्यक्ति, देशभर जाहेरी दिने भनि सुरु भएको अभियान र त्यसको सुरक्षा चुनौती लगायत विषयमा छलफल भएको पाईएको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विपद व्यवस्थापन को अवस्थाबारे जानकारी लिनका लागि बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका हुन ।

छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।यता जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिँदा रक्षात्मक अवस्थामा पुगेको नेकपा एमाले एकाएक आक्रामक शैलीमा उत्रिन थालेको छ। वर्तमान सरकार एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्ने रणनीतिमा देखिएपछि एमाले आक्रामक देखिन थालेको हो।  सरकारले जेन–जी आन्दोलनका क्रममा भएको प्रहरी दमनमा जिम्मेवार दाबी गर्दै एमाले अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न चाहेको प्रस्टै देखिएको छ।

जसमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल खुलेरै प्रयासमा उत्रिएको समाचारहरू आइरहेका छन्। विशेष गरी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबारै आक्रामक मोर्चा सम्हालेको छ भने, बुधबार राष्ट्रिय युवा संघ पनि मिसिएको छ।  प्रतिनिधिसभा विघटन बदरको माग गर्दै अदालत जाने विषयमा आन्तरिक छलफल भइराखेको छ ।