काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन्। निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा पनि सरकार र राजनीतिक दलबीच प्रभावकारी संवाद नहुँदा राष्ट्रपति पौडेलले पहलस्वरूप यो बैठक बोलाएका हुन्।
बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रित गरिएको छ।
यसअघि, राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच हिजो भेटवार्ता भएको थियो। भेटका क्रममा राष्ट्रपति पौडेलले निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिएका थिए। प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले तयारी अघि बढाइरहेको र सरकार आवश्यक तयारीमा जुटिरहेको जानकारी राष्ट्रपति समक्ष राखेकी थिइन्।
सर्वदलीय बैठकमा निर्वाचन प्रक्रिया, राजनीतिक सहमति, र समग्र वातावरण सुदृढ गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।