Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेनजी आन्दोलनपछि देउवा दम्पती पहिलोपटक सार्वजनिक

जेनजी आन्दोलनपछि देउवा दम्पती पहिलोपटक सार्वजनिक

काठमाडौँ,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा केन्द्रीय सदस्य आरजु राणा देउवा आज पहिलोपटक सार्वजनिक रूपमा देखिएका छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा भएको आक्रमणमा परेर घाइते भएका देउवा दम्पती त्यसपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्।

आज बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन दुवै जना उपस्थित भएका छन्। यो बैठक जेनजी आन्दोलनपछिको कांग्रेसको पहिलो औपचारिक बैठक हो, जसमा देउवा र आरजु दुवैको उपस्थिति कांग्रेसभित्र र बाहिर चासोको विषय बनेको छ।