काठमाडौं, नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै ऐतिहासिक उचाइमा पुगेको छ । बिहीबार एकैदिनमा तोलाको मूल्य २ हजार रुपैयाँले बढ्दै २ लाख ५० हजारको सीमा पार गरेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५० हजार ८ सय ९८ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार सुनको मूल्य तोलाको २ लाख ४८ हजार ९ सय रुपैयाँ रहेको थियो । चाँदीको मूल्य पनि उल्लेख्यरुपमा बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँमा कारोबार भएको छ, जुन हिजो ३ हजार २ सय ४० रुपैयाँ थियो । सुन र चाँदी दुवैको मूल्यमा देखिएको यो वृद्धिले बजारमा मूल्य उतारचढाव तीव्र रुपमा भइरहेको संकेत गर्छ ।