काठमाडौं, नेपाली बजारमा सुनको मूल्य लगातार बढ्दो क्रममा रही ऐतिहासिक उचाइमा पुगेको छ।आज मात्रै सुन प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ५८ हजार रुपैयाँ नाघेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि देखिन थालेको हो।