Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

प्रधानमन्त्रीद्वारा पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग आज विशेष छलफल

प्रधानमन्त्रीद्वारा पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग आज विशेष छलफल

काठमाडौँ । पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका समसामयिक विषयमा सुझाव संकलन तथा नीतिगत सुधारबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो १२ बजे सरोकारवालासँग विशेष बैठक गर्दै हुनुहुन्छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा सेबोन अध्यक्ष गोपाल भट्ट, नेप्से अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ, साथै प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल सहभागी हुनेछन्।

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका उपाय र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल हुने जनाइएको छ।