Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

सुनचाँदी बजारमा तुफानी गिरावट, तोलामा ११ हजारभन्दा बढी सस्तो

सुनचाँदी बजारमा तुफानी गिरावट, तोलामा ११ हजारभन्दा बढी सस्तो

काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा आएको गिरावटको असर स्वदेशी बजारमा समेत परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा रु २ लाख ४१ हजार ९०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रु ३ हजार १५ पुगेको छ।

तिहार पर्वपछि सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय गिरावट आएको महासंघले जनाएको छ। कात्तिक ३ गते प्रतितोला रु २ लाख ५३ हजार ५०० रहेको सुनको मूल्य पछिल्लो समय घट्दै आजसम्म आइपुग्दा तोलामा रु ११ हजार ६०० ले सस्तो भएको हो। त्यस्तै, सोही अवधिमा चाँदीको मूल्य पनि तोलामा रु २ सय ६५ ले घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४ हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा दर घटेसँगै स्वदेशी बजारमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको व्यवसायीहरू बताउँछन्।

विशेषज्ञहरूका अनुसार विश्वव्यापी आर्थिक अनिश्चितता, अमेरिकी डलरको मजबूती, तथा केन्द्रीय बैंकहरूको मौद्रिक नीतिका कारण सुनचाँदीको मूल्यमा हाल उतारचढाव देखिएको हो।