Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

एमालेको ११औँ महाधिवेशन तयारीका लागि सचिवालय बैठक शनिबार बस्ने

एमालेको ११औँ महाधिवेशन तयारीका लागि सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं, नेकपा (एमाले)को ११औँ महाधिवेशन तयारीका लागि पार्टीको केन्द्रीय सचिवालय बैठक आगामी कात्तिक १५ गते शनिबार बस्ने भएको छ। उक्त बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न तयारी र व्यवस्थापनका विषयमा निर्णय गर्नेछ।

गत असोज २९ देखि ३१ गतेसम्म सम्पन्न भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो।

पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय बैठकले महाधिवेशनको तयारीसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय गर्नेछ। बैठकमा प्रतिनिधि छनोट प्रक्रिया, विभिन्न उपसमिति गठन, र स्थानीय आयोजकहरूसँग समन्वय सम्बन्धी एजेन्डा प्रमुख रहने जनाइएको छ।

बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्ने र कार्यक्रमका लागि लोगो तथा नारा तय गर्ने विषयमा पनि छलफल गर्ने जनाएको छ।