काठमाडौँ । यतिबेला बालुवाटारमा सरकार,दलका नेता र जेन जीहरु बिचमा वार्ता जारी रहेको छ । बालुवाटारमा भैरहेको वार्तामा सागर ढकाल पनि देखिएका छन । उनी किन त्यहाँ पुगे भन्ने चर्चा यतिबेला सामाजिक सञ्जालमा चलेको छ । सागर ढकाल जेन जी पनि होइनन उनी कुनै पार्टीमा समेत आवद्ध रहेका छैनन तर उनी कसरी छलफलमा पुगे भन्ने कुरा सार्वजनिक भएको छैन ।
भदौँको २३ र २४ गते भएको जेन जीहरुको आन्दोलन पछि तत्कालीन के पी ओली नेतृत्वको सरकार ढलेपछि यतिबेला सुशीला कार्की नेतृत्वको सरकार बनेको छ ।
कार्कीले निर्वाचनबारे छलफल गर्न सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच त्रिपक्षीय बैठक आव्हान गरेकी थिइन ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा दलका तर्फबाट १६ जना, जेजनीका तर्फबाट १४ जना र सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसहित सहभागी भएका छन्।
हेर्नुहोस तस्बिरमा
जेन जी,सरकार र दलका नेताहरुको बैठकमा देखिएका सागर ढकाल