काठमाडौँ । नेपालमा ३ महिनको अवधिमा ४३ करोडको फेस क्रिम आयात भएको छ । भन्सार विभागले दिएको जानकारी अनुसार साउन देखि असोज सम्म ४३ करोड ३० लाख ९८ हजार रुपैयाँको फेस क्रिम आयात भएको हो ।
यस्तै विभागका अनुसार २८ करोड ९८ लाख ८९ हजार रुपैयाँको स्याम्पु आयात भएको छ । दैनिक प्रयोग गरिने शृङ्गार सामान आयातमा ठूलो परिमाण बराबर रकम बाहिरिएको पाइएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्ष २०८२÷८३ तीन महिना (साउन–असोज) सम्म स्याम्पु, बडी लोसन, तेल, फेस क्रिम, लिपिस्टिक लगायत सामग्री आयातमा ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको देखाएको हो ।