Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रक्षा बमको नेतृत्वमा नेपाल जेन जी फ्रन्ट, विद्रोहमा सक्रिय जेन जीलाई संगठित गरिने

रक्षा बमको नेतृत्वमा नेपाल जेन जी फ्रन्ट, विद्रोहमा सक्रिय जेन जीलाई संगठित गरिने


काठमाडौँ । भदौ २३ र २४मा भएको जेनजी विद्रोहलाई संस्थागत गर्न रक्षा बमको नेतृत्वमा नेपाल जेनजी फ्रन्ट गठन गरिएको छ । बमको संयोजकत्वमा गठन भएको फ्रन्टमा युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहता लगायत सदस्य रहेका छन् ।

संयोजक बमले आज जारी गरेको विज्ञप्तिमा जेनजी विद्रोहलाई संस्थागत गर्ने एजेन्डाहरू एकिकृत गर्ने र जेनजी विद्रोहसँगै गठन भएका विभिन्न जेनजी समूहरूलाई एकिकृत गर्ने उद्देश्य राखिएको उल्लेख छ । विज्ञप्तिमा यो समूह राजनीतिक विचार मिल्ने सबै जेनजी समूहलाई एकताबद्ध गर्न गठन गरिएको प्रारम्भिक समूह भएको बताइएको छ ।

साथै, काठमाडौं र देशका अन्य भागमा जेनजी विद्रोहमा सक्रिय रहेका सबैलाई यो समूहमा जोडिन पनि उनीहरूले आह्वान गरेका छन् । अहिले गठन गरिएको समूहले संघीय संरचनाका रुपमा काम गर्ने तथा प्रदेश र जिल्लाका समितिहरू पनि चाँडै घोषणा हुने संगठन समितिका संयोजक युजन राजभण्डारीले जानकारी दिएका छन् ।