काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। केन्द्रीय समितिको जारी बैठकमा उनले महाधिवेशन कार्यतालिका पुस १६ देखि १९ गतेसम्म गर्ने गरी तालिका पेस गरेका हुन्।
कांग्रेसमा महाधिवेशन फागुन २१ को चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद छ। सभापति शेरबहादुर देउवासहित संस्थापन समूह भने आगामी वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन्। विवादकै बीच थापाले आफूले तयार पारेको कार्यतालिका बैठकमा पेस गरेका हुन्।