काठमाडौँ, रवि लामिछानेलाई बयानका लागि बोलाउने जाँचबुझ आयोगले तयारी गरेको छ । सरकारले जेन जी आन्दोलनमा भएका घटनाहरु बारे छानबिन गर्न गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले लामिछानेसँग बयान लिने तयारी गरेको हो । आयोगका अनुसार सकेसम्म आजै अथवा भोली सम्ममा बयान लिने तयारी गरेको खुलेको छ । के पी ओली र रमेश लेखकको बयान नलिइ धमाधम रवि सँग सोधपुछ गरेको भन्दै यतिबेला चौतर्फी आलोचना समेत भइरहेको छ ।
नेपालमा भदौँको २३ र २४ गते भएको जेन जी आन्दोलमा तत्कालीन ओली नेतृत्वको सरकारले दमन गरेको भन्दै उनीहरुलाई कानुनी कठघरामा उभ्याउन समेत जनताहरुले माग गरिरहेका छन । तत्काली प्रधानमन्त्री के पी शर्मा ओली र तत्काली गृहमन्त्री रमेश लेखकले आन्दोलनकारी माथि गोली हान्न आदेश दिएको आरोप लाग्ने गरेको छ । लामिछाने यतिबेला पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन । भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा लामिछाने जेलबाट निस्केका थिए ।
उनलाई सुरक्षाको कारण देखाउँदै कारागारले नै पत्र दिएर निकालेको बताइन्छ । लामिछाने केहीँदिन पछि फेरि नख्खु कारागार फर्केका थिए । पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा रहेको जाँचबुझ आयोगले लामिछानेसँग बयान लिन लागेको हो।
उक्त आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटनाकेन्द्रित बयानसमेत लिइसकेको छ। भदौ २४ गते जेलबाट निस्कँदा लामिछानेले कारागारले आफूलाई पत्रसमेत दिएको बताएका थिए।
रास्वपा सभापति लामिछानेले नख्खु कारागारबाट निस्केको केही समयपछि फेसबुकमा भिडिओ सन्देश पोस्ट गर्दै कारागारबाट निस्किने आफ्नो चाहना नभएको बताएका थिए। उनले भिड बढेपछि कारागारले नै आफूलाई जबरजस्ती बाहिर निकालेको दाबी गरेका थिए। उनले आफू प्रक्रिया पुर्याएर बाहिरिएको बताएका थिए। हिजमात्रै रवि लामिछानेसँग जाँचबुझ आयोगले सोधपुछ गरेको थियो । नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सँग आयोगले सोधपुछ गरेको थियो ।
जेन–जी आन्दोलनमा भएको दमन र आगजनीबारे छानबिन गर्न गठित टोलीले रवि सँग घटनाको बिषयमा सोधपुछ गरेको हो । भदौँ २३ र २४ गते भएको जेन जी आन्दालनमा ठुलो मात्रामा क्षति भएपछि छानबिन गन आयोग नै गठन गरिएको छ ।