Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइयो, सुरक्षा व्यवस्था मजबुत

रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइयो, सुरक्षा व्यवस्था मजबुत

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि सिंघदरबार ल्याईइको छ ।उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ । उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर सोधपुछ गरिनेछ ।

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज सिंगदरबार ल्याईएको हो । लामिछानेले भदौ २४ गते नख्खु कारागारबाट आफू भागेको नभएर प्रशासनले नै बाहिर निकालेको यस अगाडी सोमबार नै बताएका छन् । त्यसरी निकालिनु नियमसंगत नभएको भन्ने कुरा बुझेपछि आफैँ फर्किएको बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ आयोगले सोमबार नख्खु कारागारमै गएर भेट्दा लामिछानेले उक्त कुरा बताएका हुन् । त्यहाँबाट लामिछाने विजय यात्राको शैलीमा बाहिरिएपछि देशभरका कारागारबाट कैदी बन्दी भाग्ने लहर नै शुरु भएको थियो । सोमबार कारागारमै पुगेर बयान लिए पनि आज भने लामिछानेलाई सिंघदरबार नै बोलाईएको हो । लामिछानेलाई अहिलेले सिंघदरबार ल्याएपछि सिंगदबार वरपरको सुरक्षा व्यवस्था मजबुत बनाईएको छ ।

अहिले रास्वपाका कार्यकर्ता तथा समर्थकले लामिछाने लाई बाहिर निकाल्नु पर्ने माग राख्दै आएका छन् । अघिल्लो सरकारले लामिछानेलाई फसाएको आरोप लागाएका समर्थकहरुले यो सरकारले प्रकृया पुराएर कारागार मुक्त गर्नु पर्ने धारणा राखेका छन् ।  सरकारले जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगले लामिछानेको बयान लिन लागेको हो ।

 लामिछानेकै कारण धेरै कैदीबन्दीहरु जेलबाट भाग्न सफल भएको आरोप उनीमाथि छ । उक्त आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटनाकेन्द्रित बयानसमेत लिइसकेको छ। आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वास्तविक अध्ययनका लागि कारागारमै पुगेको थियो । दिउँसो १ उनलाई आयोगमा उपस्थित हुन पत्राचार गरिएको छ ।

उनीसँग नख्खुमा उक्त दिन के भएको थियोे भन्नेबारे सोधपुछ गरिने छ । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनबारे अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी आयोग गठन गरेको छ। गत २४ भदौमा नख्खु जेलबाट निस्किएको विषयमा उनीमाथि सार्वजनिक प्रश्न उठेका छन्।  यता रवि लामिछानेका कारण नख्खु कारागार बचेको नख्खुका जेलरले जाँचबुच आयोगलाई बयान दिएका छन् ।

जेनजी आन्दोलन छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा जेलरले रविका कारण जेलमा हुनसक्ने ठूलो क्षति टरेकोबताउँदै धन्यवाद दिनु पर्ने समेत बताएका छन् । जााँचबुझ आयोगले आइतबार जेलर सत्यराज जोशीसँग आयोगमै बयान लिएको थियो ।