Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुदन गुरुङले मागे गृहमन्त्रीको राजीनामा, रक्षा बम भन्छिन्– त्यो पर्दैन

सुदन गुरुङले मागे गृहमन्त्रीको राजीनामा, रक्षा बम भन्छिन्– त्यो पर्दैन

काठमाडौँ । सरकार पक्षसँगका वार्ताहरूमा जेनजीका तर्फबाट अघि सरिरहेका ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेलगत्तै जेनजी आन्दोलनका एक अगुवा तथा ‘जेन-जी फ्रन्ट नेपाल’का संयोजक रक्षा बमले त्यसको खण्डन गरेकी छन्। 

बमले आफूहरूले गृहमन्त्रीको राजीनामा होइन, परिणाम र काम चाहेको बताएकी हुन्। 

‘हामी नागरिक सरकारको पक्षमा छौँ तर खबरदारी निरन्तर गर्छौँ’, उनले सामाजिक सञ्जालमा लेखेकी छन्, गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौँ।’

यसअघि सुदन गुरुङले गृहमन्त्री अर्यालले काम गर्न नसकेको भन्दै पद छाड्नुपर्ने बताएका थिए।

‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै सुदनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्। देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्यासमेत सहेर बसेँ। कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ। कज मैले सोचेको थिएँ, कामले देखाउँछ र कामले बोल्छ। अझै पनि देश बन्छ भने करोडौँ अट्याकहरू सहन तयार छु तर, अब तपाईँबाट आशा मरिसकेको छ।’