Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गृहमन्त्रीको राजीनामा मागिँदा प्रधानमन्त्री नै दबाबमा,गृहमन्त्रीमाथि सुदनको निरन्तर प्रश्न

गृहमन्त्रीको राजीनामा मागिँदा प्रधानमन्त्री नै दबाबमा,गृहमन्त्रीमाथि सुदनको निरन्तर प्रश्न

काठमाडौँ। गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा मागिदा प्रधानमन्त्री नै दबाबमा परेकी छिन । जेन जीका अगुवा सुदन गुरुङले निरन्तर रुपमा राजीनामा मागेपछि प्रधानमन्त्री सुशीला कार्की दबाब परेकी हुन । अब उनको समूह कुनै हालतमा गृहमन्त्रीबाट अर्याललाई हटाइछाड्ने प्रयासमा देखिएको छ ।

गुरुङले आज बिहान मात्रै गृहमन्त्रीलाई खोई लाज खोई नैतिकता खोई निष्ठा भन्दै प्रश्न गरेका छन ।  उनले सहिद र घाइतेहरूको घरघरमा निक भेट्नद नगएको भन्दै असन्तुष्टि जनाएका छन । उनले लेखेका छन,“खोइ त सहिद र घाइतेहरूलाई यसरी घरघरमा उनीहरूको अवस्था बुझ्न गाको ? तीमध्ये केहीले आफ्नो ज्यान गुमाएका छन्, केही खुट्टा गुमाएका छन्, केही बच्चाहरू टुहुरा भएका छन्, केही पक्षाघात भएका छन्।  खोई लाज खोई नैतिकता खोई निष्ठा।”