काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आव्हान गरिएको छ । शनिवार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने गरी बैठक आव्हान गरिएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशन दिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।