Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको साथ छाडेकी सुमना श्रेष्ठले कुलमान घिसिङको पनि छाडिन् साथ

रवि लामिछानेको साथ छाडेकी सुमना श्रेष्ठले कुलमान घिसिङको पनि छाडिन् साथ

काठमाडौँ । रवि लामिछानेको साथ छाडेकी पुर्व मन्त्री सुमना श्रेष्ठले उर्जामन्त्री कुलमान घिसिङको पनि साथ छाडेकी छिन् । घिसिङले सुमना सहित ५१ जना सदस्य रहने गरि उज्यालो नेपाल पार्टी दर्ताको तयारी गरेका थिए । तर, सुमना भने कुलमानको पार्टीमा नरहने भएकी हुन् ।

आईतबार राती पनि सुमना सहित नेता संग छलफल भएको थियो । उज्यालो नेपालको सट्टामा नेपाल जनसेवा पार्टी राख्ने सुमनाको भनाई थियो । यद्यपी, गएरातीको लामो छलफल पछि उज्यालो नेपाल नै उपयुक्त हुने सल्लाह आएको थियो । सुमनाले कुलमानलाई आफ्नो सधैँ साथ रहने भन्दै तत्काल उनको पार्टीमा नजाने संकेत गरेकी छिन् । सुमनाले उज्यालो नेपालभन्दा पनि नेपाल विकास दल, नेपाल जनसेवा पार्टी नाम राख्न सुझाव दिएकी थिइन्। तर कुलमान सुरूदेखि नै उज्यालो नेपाल नाम राख्नुपर्नेमा थिए।

सुमनाले उज्यालो नेपाल नाम राख्दा व्यक्तिकेन्द्रित पार्टीजस्तो हुने भन्दै फरक फरक नाम राख्न  सुझाव दिएकी थिइन्। तर, घिसिङ भने मान्ने पक्षमा थिएनन । किन भने घिसिङ मुलत उज्यालो नेपालका पिता कहल्याउछन् । १८ धण्टा सम्म लोडसेडिङको मार खेपेको नेपाललाई घिसिङले अध्यारोमुक्त गराएका थिए । उनी प्राधिकरणमा आए संगै नेपालले उर्जा क्षेत्रमा फड्को नै मरेको थियो ।  केहि समय अगाडीदेखि उनी उज्यालो नेपाल अभियान लिएर देश बिदेशको यात्रामा थिए ।

 अब आउने २१ फागुनको निर्वाचनलाई मध्यनजर गरेर घिसिङले पार्टी दर्ता गरेका हुन् । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । आज सम्ममा कमिटीको टुङगो लगायर सम्भब भए सम्म आज र नभए भोली सम्ममा पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ ।

उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रिय कमिटी आउने बताईएको छ । यस अगाडी घिसिङ आफै रास्वपामा जाने तयारीमा थिए तर, रास्वपा संग उनको कुरा मिल्न सकेन । घिसिङले सभापतिको पद मागे पछि सहमती जुट्न नसकेको हा्े ।  यता (रास्वपा)ले पार्टी कब्जा गर्ने नियतले सहकार्यको हात बढाउनेहरूको प्रतिवाद गर्ने बताएको छ। चितवनको सौराहामा भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी आर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी बनाउने चाहानालाई स्वागत गर्ने उल्लेख गरिएको छ।

केहि समय अगाडी देखी कुलमान घिसिङ रास्वपा संग संबादमा रहेका थिए । उनले आफुले रवि लामिछानेको ठाउँ लिएर सभापतिका रुपमा काम गर्न चाहाना राखेका थिए । तर, रास्वपा संग उनको कुरा मिलेन उनले उज्यालो नेपाल बोकेर देशभर जाने तयारी गरेका छन्।