काठमाडाैं । जेन जी आन्दोलन पछि देश नयाँ बाटोेमा छ । आन्दोलन पछि तत्कालिन केपी शर्मा ओलीको सरकार अपदस्त भयो । राजनितीक दलका नेता कुटिए । उनीहरुका बस्ने निवास जलाईए । त्यतिमात्रै होईन देशको ईतिहास बोकेको सिंहदरबार जल्यो ।
न्यालय जलाई , जेलबाट अपराधि भगाईए । निजी व्यवसायीहरुलाई लगानी गर्न त्रासमय वातावरण सिर्जन भयो । आन्दोलनको दिन ब्यक्तीगत ईगोले प्रासय पायो । विशेष गरि भन्ने हो भने देश झन गञ्जागोलको स्थिीतिमा छ । प्रधानमन्त्री शुसिला कार्कीलाई २१ फागुनमा निर्वाचन गराउनु पर्ने म्याण्डेट तोकिएको छ । अहिले धमाधम दल दर्ताको प्रकृया भई रहेको छ । अझ भन्ने हो भने ब्यक्ती पिच्चेका दल दर्ता भई रहेका छन् । पुरानो नृतृत्वलाई हटाएर शुसासनको मुद्दा बोकेरु आएका जेन्जीहरुमै एकरुपता छैन । सबै आफ्नो आफ्नो समुह निर्माण लागेका छन् । धमाधम पार्टी खोलिरहेका छन् । लाग्छ हरेक जेन्जी समुहका एक पार्टी बन्ने छन् । जेन्जी आन्दोलनको मुद्धा उहि हो छ । आन्दोलनका क्रममा ज्यान गुमाएका ति शहिदहरुको बलिदानी जेन्जी पुस्ताले चुकाउन सक्ला त प्रश्न चिह्न खडा भएको छ । नयाँ दल धमाधम दर्ताको प्रकृयामा छन् ।कोहि जेन्जी समुह सरकारकै विपक्षमा छन् । कसैलाई चुनाब लड्नु परेको छ । तर, स्पष्ट निती कसै संग छैन । जेनजीहरुमा एकरुपता नहुदा पुराना दलले पुन बचश्र्व कायम राख्ने कतिपयको निष्कर्ष छ ।
अहिले सामाजीक सञ्जालमा पुरानो नेतृत्वलाई गाली गरेकै भरमा राजनितीमा जान पाईन्छ भन्ने भाश्य पनि निमार्ण भई रहेको छ । जेनजीको नाम बेचेर देशमा अनेक पार्टी खुल्दै छन् । सत्ताबाट लखेटिएका राजनीतिक दलहरु संसद पुर्नस्थापनाका लागि अड्डा अदालत धाई रहेका छन्ल। देशमा चुनाब हुने या नहुने भन्ने बहस अझै चल्दै छ । तर, पनि जेन्जी समुहरु आफ्नो रटान र अडानमा छन् । सबै जना एक जुट नहुने हो भने देशको बाग्डोर उही पुरानै नेताको हातमा जाने निश्चित छ । राजनितीक दलहरु यत्तिकै जेनजीको त्रासमा बस्ने पक्षमै छैनन ।
प्रहरीले अहिले २३ र २४ गतेको प्रदर्शनमा सहभागी भएकाहरुलाई पक्राउ गरिरहेको छ । देशभरबाट ५ सय भन्दा बढी प्रहरीको नियन्त्रणमा छन्। तर, तिनीहरुका लागि जेनजीका कुनौ समुह बोलि रहेको अबस्था छैन । आन्दोलन गर्नु पर्छ भनेर उक्साउनेहरुले जेनजीको समस्यालाई हेर्न सकेका छैनन । जेनजी स्वयम एक नहुदा देश झन बिद्रोह तिर जाने हो कि भन्ने चिन्ता र तनाव कायमै छ ।