काठमाडौँ । रवि लामिछाने जनतालाई स्पष्ट रुपमा बुझाउन सक्ने क्षमता भएको व्यक्ति भन्दै सुमना श्रेष्ठले तारिफ गरेकी छिन । केहीँ समय अगाडि रास्वपा छाडेकी सुमनाले लामिछाने एकदमै राम्रो नेता र जनताहरुलाई बुझाउन सक्ने नेता रहेको बताएकी हुन । द प्रकाश सुवेदी शो मा बोल्दै उनले लामिछानेकै मिहिनेतले रास्वपा यो स्थानमा पुगेको बताएकी हुन । उनले भनेकी छिन,रवि लामिछानेको जनताहरुलाई एकैठाउँमा ल्याएर बुझाउन सक्ने क्षमता छ ।
अहिलेको समयमा लामिछानेले जति जनताहरुलाई अन्य नेताहरुले बुझाउन नसक्ने बताएकी हुन । श्रेष्ठले सम्भावना बोकेको पार्टीलाई अहिले गाह्रो भइरहेको हो की जस्तो महसुस आफुले गरेको उनको भनाई छ । रवि लामिछानेले तपाईँलाई ल्याएर मन्त्री बनाए र अहिले अप्ठ्योरो अवस्थामा साथ छोड्नुभयो भन्ने प्रश्नमा श्रेष्ठले पार्टी र व्यक्तिलाई छुटाउनुपर्ने बताउँदै व्यक्ति केन्द्रित हुनु नहुने बताएकी हुन ।
उनले धेरै ओटा कुरा व्यक्तिगत स्वार्थमा पुगेको र सिमित व्यक्तिहरुको कुरा सुन्न नहुने उनको भनाई छ । उनले सिमित व्यक्तिको कुरा मात्रै सुन्दा पार्टी राम्रो नबन्ने बताएकी हुन । रास्वपा छोड्नु अगाडि उनले रवि लामिछाने सँग नभेटेको समेत खुलाएकी छिन । उनले लामिछानेलाई रुपन्देही र पोखरामा भेटेको र भेट्मा सम्भावना बोकेका व्यक्तिहरुलाई पार्टीमा ल्याउन आग्रह गरेको उनको भनाई छ । रास्वपा छाड्ने बेला लामिछाने लाई सम्पर्क हुने अवस्था नै नआएको बताइन ।
सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीले आफुलाई क्याबिनेटमा अथवा सल्लाहाकारको रुपमा आउन आग्रह गरेको समेत खुलाएकी छिन । उनले जेन जी आन्दोलनलाई संस्थागत गर्नको लागि सरकारमा नगएको बताएकी हुन । उनले आफुले बाहिर बाट गर्ने सहयोग गर्ने तर सरकारमा नजाने बताइन ।
श्रेष्ठले उक्त अन्तरवार्तामा आगामि प्रधानमन्त्रीका रुपमा बालेन शाहलाई हेर्न चाहेको बताएकी हुन । उनले बालेन प्रधानमन्त्री भए पुस्तान्तरणको सन्देश जाने बताइन । रास्वपा छोडेकी सुमना श्रेष्ठले आफु देश बनाउने कुरामा अवसरवादी रहेको समेत बताएकी छिन । उनले उक्त अन्तरवार्तामा देश बनाउने कुरामा सबै अवसरवादी हुन आवश्यक रहेको दाबी गरिन । सुमना श्रेष्ठले रास्वपमा असन्तुष्टि जनाउँदै पार्टी नै परित्याग गरेकी थिइन । रास्वपा छोडेपनि सुमना कुलमान घिसिङको पार्टीमा जाने समेत चर्चा चलेको थियो तर उनी घिसिङको पार्टीमा समेत नगएकी हुन ।