Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

फेरी बढ्यो सुन चादीको भाउ

फेरी बढ्यो सुन चादीको भाउ

काठमाडौं । सुनचाँदी बजारले नयाँ हप्ता मूल्यवृद्धिसँग शुरू गरेको छ, मंगसिर सुरु भएसंगै सुन र चाँदी दुवैको दर सोमबार उल्लेखनीय रूपमा उक्लिएको छ। व्यावसायिक महासंघले जारी गरेको नवीनतम दरअनुसार, सुन अहिले प्रति तोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै छ,अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँको वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४२ हजार ८ सयमा सीमित रहेको सुन आज पुनः बढेको हो। यसअघि असोज ३१ मा सुनले २ लाख ५८ हजार रुपैयाँको ऐतिहासिक शिखर छोएको थियो।

चाँदीतर्फ पनि उस्तै बढ्दो संकेत देखिएको छ। आइतबार ३१०० को दायरा पार गर्ने चाँदी सोमबार २० रुपैयाँ थपिएर ३१५५ रुपैयाँमा पुगेको छ। चाँदीले पनि असोज ३१ मा ३३५० रुपैयाँको उच्चतम मूल्य दर्ता गरेको थियो।