Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

हर्ष’को नयाँ गीत ‘कस्तो माया लाग्यो बरिलाई’ सार्वजनिक, वर्षासँग खगेन्द्रले गरे यस्तो रोमान्स

हर्ष’को नयाँ गीत ‘कस्तो माया लाग्यो बरिलाई’ सार्वजनिक, वर्षासँग खगेन्द्रले गरे यस्तो रोमान्स

काठमाडाैं । फिल्म ‘हर्ष’ले आफ्नो नयाँ गीत ‘कस्तो माया लाग्यो बरिलाई’ सार्वजनिक गरेको छ। फिल्म मंसिर १२ गते रिलिज हुँदैछ। सार्वजनिक गीतमा सानिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर रहेको छ भने अलिश कार्कीले गीत तयार पारेका हुन्। निर्कमल खड्का मामलको शब्दमा तयार भएको यस गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ शैलेन्द्र एम. प्रधान (बाबु)ले गरेका हुन्। गीतका कोरियोग्राफर सुनिल छेत्री हुन् भने सह–कोरियोग्राफरमा अभि वाग्ले र सुरेश देओल छन्।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार खगेन्द्र लामिछाने तथा वर्षा राउतलाई प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ। उनीहरूबीचको केमेस्ट्री सुहाउँदो देखिएको छ। यस प्रकारको गीतमा अभिनेता खगेन्द्रले पहिलोपटक काम गरेका हुन्।

गीतको मेलोडीले दर्शकलाई सहजै आकर्षित गर्ने अनुमान गर्न सकिन्छ। ‘हर्ष’लाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गरेकी हुन्। फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् भने हिक्मत चौखल कार्यकारी निर्माताका रूपमा रहेका छन्।

फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउतका अलावा नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, नीमा पाण्डे, लूनीभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुर्वण थापा, श्रृष्टि महर्जन, सृजना नापितलगायत कलाकारको अभिनय छ। फिल्मका सिनेमाटोग्राफी आलोक शुक्लाले गरेका हुन्। सिनेमामा समीर–हिमाल, बसन्त सापकोटा र अलिश कार्कीका कम्पोजिसन समावेश छन् भने गीतका शब्द शिव रेग्मी, कृष्णहरी बराल, प्रबित्रा घिमिरे र निर्कमल खड्का मामलले लेखेका छन्। कोबिद बाज्राले ब्याकग्राउण्ड स्कोर तयार पारेका छन् भने फिल्मका सम्पादक लोकेश बज्राचार्य हुन्। फिल्मले पारिवारिक मेलोड्रामा पस्किनेछ।