लोकदोहोरी गायिकाहरुमा चर्चित नामहरु मध्ये.प्रिय बनेको एउटा नाम हो सम्झना भण्डारी । रोधी घरबाट गायनमा प्रवेश गरेकी उनी चर्चित गायिकाहरुको लिष्टमा पर्छिन । गायिका भण्डारीकोे मनमा नेपाली पन र नेपाली कला संस्कृति प्रतिको अघात प्रेम छ ।
यतिबेला उनै गायिकाले पञ्चेबाजाको तालमा पहेलो बेसार ,जिन्दगी के छ र ?बोलको अत्यन्तै मिठो गित बजारमा ल्याएकी छन । उनको आफनो अफिसियल युटुव च्यानल सम्झना भण्डारीबाट सोही गित बजारमा ल्याएकी छन । बारीमा टुनी छ रुमाल लै चिनो ,देउ मेरो माया ,सम्झनी हुनि छ ,पहलो बेसार जिन्दगी के छ र ।
उनै गायिका सम्झना र गायक दिनेश क्षेत्रीको आवाजमा रहेको गितको लय शब्द उनै गायक दिनेश क्षेत्रीले गरका हुन । खेमराज गौतमको संगित संयोजनमा बनेको गितको भिडियो निर्देशन र कोरियोग्राफि भने यकेन्द्र साराशंकरले गरेक हुन । गितमा दमदार पञ्चेबाजा तालमका चर्चित मोडल प्रभात पाल र गायिका सम्झना भण्डारीकै नृत्य र अभिनय रहेको छ । मंसिर लागे लगत्तै लगनको महिना सुरु भएको छ । यहि बिचमा सम्झना भण्डारीले ल्याएको अर्गानिक पञ्चेबाजाको धुनले सबैलाइ नचाउनेमा गायिका ढुक्क छिन ।
गितको भिडियोमा देखाईएको मायाप्रेमको कथालाई पञ्चेबाजामा रहेको पहेलो बेसार बोलको गितले कथामा बुनेको छ । पूर्वमेचीदेखि पश्चिम महाकालिसम्मका धेरै जसो मेलामहोत्सव संगै पछिल्लो समय बिदेशका कार्यक्रममा पनि उनको जोडदार प्रस्तुति रहदै आएको छ उनले चर्चित गायक पशुपति शर्मासँगको सहकार्यमा गाएका गितहरु स्याङजा जाने बाटोमा तनहु ,जन्तै जाउला ,सारङगी ¥याई¥याई,कान्छी बुहारी लगाएतका गितहरु सुपरहिट भएका छन ।
साथमा चर्चित गायक प्रकाश सपुत संग तिम्रो मायाले पिर दियो बोलको गित पनि उत्तिकै सुपरहिट भएको छ । सम्झनाले पशुपतिसँग ‘बत्ती बाल्नै पर्दैन’ गाएको। त्यो गीतलाई स्रोता दर्शकले रुचाएपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन। त्यसपछिका कुशल बेलबासेसँग ‘माली गाइले बाच्छी चाटेको’, खेम सेञ्चुरीसँगको ‘औंठी बेरुवाको’, ‘कपलु कोरेर’ लगायतका गीतलाई स्रोता दर्शकले रुचाएका छन । उनका अबका दिनमा पनि थप दर्शकहरुको रोजाईमा पर्ने सिर्जनाहरु आउने क्रममा रहेका छन । अहिले भने उनको नया गित पहेंलो बेसारलाई सफलताको शुभकामना ।।