काठमाडौँ । नेकपा एमाले नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा जाने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोधको कार्यक्रम सुरु गरेका छन् । सिमरा विमानस्थल घेराउ गरेका जेन्जीहरुले बस्नेत बिरुद्ध नारावाजी गरिरहेका छन् । स्थिीति तनावग्रस्त बनेपछि भारी मात्रामा प्रहरी पनि खटाईएको हो। अहिले विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटाइएको छ ।
पछिल्लो समय महेश बस्नेत प्रती जेनजीहरु आक्रमक बन्दै आएका छन् । बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीका दाईने हात हुन । उनले सामाजीक सञ्जाल तथा सञ्चार मात्तयममा विभिन्न ब्यक्तीहरुमाथि आपत्ति जनक टिप्पणी गर्ने गरेका छन्। त्यहिमाथी जेनजी आन्दोलन पछि ओली प्रधानमन्त्रीबाट अपदस्त बनेका थिए ।
ओली बस्नेत लगायत नेताका घरमा प्रदर्शन कारीले आगो समेत लगाएका थिए । ओलीलाई बस्नजेतले घर खोजेर गुण्डुमै लगेर राखेका छन् । त्यस पछि बस्नेत झन आक्रामक बन्दै आएका छन्। अन्तरिम सरकारका प्रधानमन्त्री शुशिला कार्कीले फागुन २१ गते निर्वाचन गराउनु पर्ने म्याण्डेट छ । अहिले एमालेले कुनै पनि हालतमा चुनाव नहुने र संसद पुनस्थापना हुने दाबी गर्दै आएको छ । (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर जाने तयारीमा छन ।
एमालेबाट विघटित प्रतिनिधिसभामा रहेका सदस्यहरूको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । निवेदन दर्ताका लागि महेश बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षमा जानुपर्ने धारणा राखेका थिए । अहिले एमालेले देश ब्यापी कार्यक्रमम गरिरहेको छ । यस्तै कार्यक्रमकै शिलशिलामा बस्नेत बारा जान लागेका थिए । एमाले नेता बस्नेत आज बाराको परवानीपुरमा हुने कार्यक्रममा सहभागी हुन बारा आइपुग्ने कार्यक्रम तय भएको हो ।
सिमराका जेनजी समुहका युवाहरूले अहिले सिमरा विमानस्थल घेराउ गरेका छन् । विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटिएको छ । अहिलृे तनावको स्थिति हुने भन्दै प्रहरी अर्लटमा बसेको छ । भारी मात्रामा प्रहरी परिचालन गरिएको छ । नेता बस्नेतलाई लिन अहिले विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली लगायतका नेताहरू विमानस्थलमा पुगेको स्रोतले दाबी गरेको छ । बस्नेत बारा आउने सूचना पाए लगत्तै मंगलवारदेखि नै जेनजी युवाहरूले विरोध कार्यक्रम तय गरेको बुझिएको छ ।