Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महेश बस्नेतका समर्थकहरूले कुटे जेन्जीहरूलाई गृहमन्त्री ओमप्रकाश अर्याल मौन

महेश बस्नेतका समर्थकहरूले कुटे जेन्जीहरूलाई गृहमन्त्री ओमप्रकाश अर्याल मौन

काठमाडौँ । सिमारा एयरपोटमा एमालेका कार्यकर्ता र जेनजी बीच हानाहन भएको छ। महेश बस्नेतलाई रोक्ने भन्दै जेनजी समुहनै पुगेपछि एमालेका केहि कार्यकर्ताले जेनजी समुहमाथि आक्रमण गरेको थियो।तर यतिका घटना हुँदा पनि प्रहरी भने मौन देखिएको छ।

अहिले जेनजीहरुले गृहमन्त्री ओम प्रकाश अर्यालको राजिनामा समेत मागिरहेका छन।एमाले कार्यकर्ताले जेनाजी माथि हातपात गर्दा पनि मौन बस्ने गृहमन्त्री चाहिंदैन भन्दै राजिनामाको माग भएको हो। देशभर एमालेले पर्दशन गर्न लाग्दा पनि सरकार अहिले मौन छ।

सरकार बिरुद्ध र संसद पुनर्स्थापनाको माग सहित एमालेले सबैतिर आन्दोलनको घोषणा गरेको र महेश बस्नेत समेत उक्त कार्यक्रममा सम्बोधन गर्न जान लागेका थिए।गृहमन्त्रीले एमालेको गलत गतिबिधिको पक्षमै साथ् दिएको भन्दै अभियन्ता सुदन गुरुङले केहि दिन अगाडी अर्याललाई एमालेकै कार्यकर्ताको सज्ञा समेत दिएका थिए। गुरुङले पटक पटक २३ गते जेनजी मारिनुमा ओली र लेखक भएको भन्दै पक्राउ गर्न माग राखिरहेका थिए तर गृहमन्त्री भने यस बिषयमा मौन छन।

सुरुवातमा पक्राउ गर्छु भन्दै आस्वाशन दिएर उनि पदमा पुगेका तर अहिले काम केहि नगरेको भन्दै जेनजीहरुनै आक्रामक बनेका छन।कुनैहलतमा अर्यालले राजिनामा दिन पर्ने उनीहरुको माग छ।