Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महेश बस्नेत लगायतका नेता रोकिए काठमाडौँमै, जनप्रदर्शन स्थगित

महेश बस्नेत लगायतका नेता रोकिए काठमाडौँमै, जनप्रदर्शन स्थगित

काठमाडौँ । नेकपा एमाले नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा जाने  कार्यक्रम तय भएपछि जेनजीहरुले गरेको प्रदशन पछि कफ्र्यू आदेश जारी भएको छ । प्रशासनले कफ्र्यू आदेश जारी गरे पनि एमाले युवाहरूको प्रदेश भेला परवानीपुरमा जारी छ । महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएकोमा सिमरामा तनाव भएपछि सामान्य रूपमा कार्यक्रम गर्ने तयारी छ ।

आज गर्ने भनिएको  जनप्रदर्शन भने स्थगित भएको छ । आज स्थिीति तनाव ग्रस्त बनेपछि मध्यान्ह १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको  प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्  ।

उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चार किल्ला क्षेत्र निर्धारण गरेर कफ्र्यु आदेश जारी गरिएको हो ।गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले भनेका छन् ।

सिमरा विमानस्थलमा जेन–जी प्रदर्शनको विरोधका कारण जहाज नगएपछि नेताहरू भने काठमाडौंमै रोकिएका छन् । एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा भएको प्रदर्शनले आफूहरू विचलित नहुने बताएका छन् । प्रशासनले कर्फ्यू लगाउने कार्य नैतिक रुपमा गलत कार्य रहेको बस्नेतको भनाइ छ ।

सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन भएएको उनको आरोप छ ।भेलाका निम्ति मधेशका ८ वटै जिल्लाबाट एक हजारभन्दा बढी सहभागी भएका छन् । भेलास्थल मुख्य सडकसँगै भएकाले सजग भएर कार्यक्रम सम्पन्न गरिने श्रेष्ठले बताए । यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूलाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ? भन्दै प्रश्न गरेका छन् । बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई बारामा हुने कार्यक्रममा जान जेनजी युवाहरूले अवरोध गरेपछि सरकारले लगाएको कफ्र्युको विरोध गर्दै महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका हुन् ।

 ‘सिमरा घटना दुःखद, प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण, एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?’ शर्माले फेसबुकमा लेखेका छन् ।  अशिले एमालेका नेताहरुले पनि यो बिषयलाई लिएर आलोचना गरिरहेका छन् ।