Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईंको निवेदन पेसीमा चढ्यो ,सुरक्षा गार्ड पनि पक्राउ परेपछि प्रसाई समर्थक आक्रमक बन्दै

दुर्गा प्रसाईंको निवेदन पेसीमा चढ्यो ,सुरक्षा गार्ड पनि पक्राउ परेपछि प्रसाई समर्थक आक्रमक बन्दै

काठमाडाैं । आज मेडिकल व्यवसायी आज मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बन्दी प्रत्यक्षीकरण निवेदन पेसीमा चढेको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ ।प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ ।

यता दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ परेका छन् । उनी अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् । प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, प्रसाईं पक्राउ परेपछि खड्कासहितका अन्य केही युवाहरू परिसरमा पुगेका थिए । सो क्रममा उनका सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिइएको एसपी भट्टराईले जानकारी दिए । खड्कालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएका खड्कालाई प्रशासनबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले गत मङ्सिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो । उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए ।  साथै उनले देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरूलाई चेतावनी दिएको सार्वजनिक भएको थियो । प्रसाईं पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप कडाइ गरिएको छ ।प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्न सक्ने आकलन गर्दै उपत्यकाभर सुरक्षा सतर्कता उच्चस्तरमा पुर्याइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीनै जिल्ला प्रहरी परिसरलाई सुरक्षा कडाइ गर्न निर्देशन दिएको छ । सोहीअनुसार उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईंलाई पक्राउ गरिएपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने घोषणा गरेका थिए । त्यसपछि सुरक्षा व्यवस्थामा झनै कडाइ गरिएको प्रहरीको भनाइ छ ।

प्रसाईंले मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने तयारी तीव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । निर्वाचनको सुरक्षा तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा सुरक्षा प्रमुखहरूले अराजक अभिव्यक्तिबारे पनि छलफल गर्नुपर्ने भन्दै प्रसंग निकालेका थिए । बैठकले हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो । बैठकमा सहभागी स्रोतका अनुसार बैठकमा दुर्गा प्रसाईंको नामै लिएर छलफल भएको थियो ।को पनि बन्दी प्रत्यक्षीकरण निवेदन पेसीमा चढेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ ।प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । यता दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ परेका छन् । उनी अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् । प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, प्रसाईं पक्राउ परेपछि खड्कासहितका अन्य केही युवाहरू परिसरमा पुगेका थिए ।

सो क्रममा उनका सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिइएको एसपी भट्टराईले जानकारी दिए । खड्कालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएका खड्कालाई प्रशासनबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले गत मङ्सिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो । उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । साथै उनले देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरूलाई चेतावनी दिएको सार्वजनिक भएको थियो । प्रसाईं पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप कडाइ गरिएको छ ।प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्न सक्ने आकलन गर्दै उपत्यकाभर सुरक्षा सतर्कता उच्चस्तरमा पुर्याइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीनै जिल्ला प्रहरी परिसरलाई सुरक्षा कडाइ गर्न निर्देशन दिएको छ । सोहीअनुसार उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईंलाई पक्राउ गरिएपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने घोषणा गरेका थिए । त्यसपछि सुरक्षा व्यवस्थामा झनै कडाइ गरिएको प्रहरीको भनाइ छ ।

प्रसाईंले मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने तयारी तीव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । निर्वाचनको सुरक्षा तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा सुरक्षा प्रमुखहरूले अराजक अभिव्यक्तिबारे पनि छलफल गर्नुपर्ने भन्दै प्रसंग निकालेका थिए । बैठकले हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो । बैठकमा सहभागी स्रोतका अनुसार बैठकमा दुर्गा प्रसाईंको नामै लिएर छलफल भएको थियो ।