Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

काठमाडौँ ।  भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ भने नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। समूह ‘सी’मा रहेको नेपालले इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। 

नेपालको पहिलो खेल इङ्ल्यान्डसँग फेब्रुअरी ८ मा हुनेछ। त्यसपछि दोस्रो खेलमा फेब्रुअरी १२ मा इटालीसँग र तेस्रो खेलमा फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग खेल्नेछ। 

लिग चरणको अन्तिम अर्थात चौथो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल फेब्रुअरी १७ मा हुनेछ। नेपालका चारै खेल मुम्बईमा हुनेछन्। 

विश्वकपको पहिलो खेलमा फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्यान्ड प्रतिस्पर्धा हुनेछ। यो खेल कोलोम्बोमा हुनेछ।