Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगे कांग्रेस नेता शर्मा

रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगे कांग्रेस नेता शर्मा

काठमाडौँ ।काँग्रेका नेता सुनिल शर्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् । लामिछानेलाई भेट्न शर्मा केहीँबेर अघिमात्रै नख्खु कारागारमा पुगेका हुन् । शर्माले तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रतिशोध साँधेको बताउँदै आएका छन ।

फरक पार्टी भएता पनि लामिछानेमाथि राज्यले प्रतिशोध साधेको विषयमा शर्माले खुलेर सरकारको विरोध गर्दै आइरहेका थिए । शर्माले कारागारमा लामिछाने कसरी बसेका छन् भन्दै बुझ्न र पछिल्लो समयको समसामायिम विषयमा छलफल गर्न आएको बताएका छन् ।

 जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक घटना क्रम र आसन्न निर्वाचनको माहोलकाबीचमा नेता शर्मा र सभापति लामिछानेबीचको भेटलाई भने राजनीतिक वृत्तमा निकै चासोको रुपमा हेरिएको छ । उनका सार्वजनिक अभिव्यक्ति तथा कामले गर्दा नेता शर्मा नेपाली काँग्रेस पार्टी भित्र जनताले निकै रुचाइएका नेता मध्यमा एक हुन ।