Shares
Shares
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि पोलिटब्युरो सदस्य महेश बस्नेतले आक्रोश पोखेका छन्। उनले पोखरेललाई पार्टीबाटै बिदा लिन आग्रह गरेका छन्। बस्नेतले पार्टीको एकतामा योगदान गर्न नसक्ने हो भने ‘सहर्ष बिदा’ लिनुपर्ने बताएका छन्।
उनका अनुसार एमालेका निम्ति आजको प्रश्न ‘कसले नेतृत्व दाबी गर्छ?’ होइन, ‘कसले पार्टी बचाउन सक्छ?’ हो। अहिले ओलीलाई पार्टी अध्यक्षबाट विस्थापन गर्न पोखरेल लागेको उनको आरोप छ। पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले आफ्नो सदस्यता नै नवीकरण नगरेपछि, उनी ओलीलाई हटाउने मनसायमै रहेको चर्चा छ। विद्या भण्डारीकै समर्थनमा पोखरेलले अध्यक्षमा उठ्ने घोषणा गरेको बताइन्छ। पोखरेलले ओलीलाई टक्कर दिने भएपछि बस्नेत आक्रोसित भएको देखिन्छ।
बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्,“एमाले अहिले आन्तरिक र बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेको संवेदनशील घडीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरंग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको छ। पार्टी चुनावतिर अघि बढ्दैछ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन्।
यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो हो। अनेक प्रपोगान्डा गरेर कमजोर बनाउने अर्को चक्र नबसोस्।
आजको प्रश्न ‘कसले नेतृत्व दाबी गर्छ?’ होइन‘कसले पार्टी बचाउन सक्छ?’ हो। वर्तमान राष्ट्रिय परिस्थिति, भूराजनीतिक उतार–चढाव र एमालेमाथिको योजनाबद्ध प्रहारले यो स्पष्ट देखाइदिएको छ। पार्टीलाई अहिले मजबुत संगठन, सही कार्यदिशा र जुझारू सशक्त क्रान्तिकारी पंक्ति चाहिन्छ, जुन केपी ओलीकै दृढ नेतृत्वमा सम्भव छ।
एमालेभित्र बाहिरी आक्रमण रोक्न चाहिने कुरा प्रतिस्पर्धा होइन, एकता, अनुशासन र संगठनको दृढताबाट मात्र सम्भव हुन्छ। पोखरेलजस्ता नेता एमालेका सम्पत्ति हुन्, तर संवेदनशील घडीमा नेतृत्व बदल्ने होइन, नेतृत्वलाई अझ कसिलो बनाउने समय हो।
यदि योगदान गर्न सकिन्छ भने निसर्त एकता।
यदि सकिँदैन भने—सहर्ष विदाई। यही ईश्वर पोखरेलका लागि सही विकल्प हो।
किनकि व्यक्तिगत आकांक्षा कहिल्यै पार्टीभन्दा ठूलो हुन सक्दैन, र पार्टी कहिल्यै देशभन्दा ठूलो हुन सक्दैन।
राष्ट्रिय शक्ति निर्माणको आधार ओली नेतृत्वमा एकजुट एमाले हो। पार्टी बलियोहोस्, देश बलियोहोस्—यही कार्यकर्ताको चाहना, यही समयको माग हो।
उनका अनुसार अहिलेको राष्ट्रिय परिस्थिति, भूराजनीतिक उतार–चढाव तथा एमालेमाथिको योजनाबद्ध प्रहारबीच पार्टीलाई मजबुत संगठन, सही कार्यदिशा र जुझारु, सशक्त, क्रान्तिकारी पंक्ति आवश्यक छ, जुन केपी ओलीकै नेतृत्वमा सम्भव रहेको उनले बताएका छन्।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209