Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सन्दिप लामिछाने (बीपीएल) क्रिकेटको अक्सनमा भए अनसोल्ड

सन्दिप लामिछाने (बीपीएल) क्रिकेटको अक्सनमा भए अनसोल्ड

बिकास थापा ,मंसिर १५ ।
नेपाली क्रिकेटर सन्दिप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) टी–२० क्रिकेटको अक्सनमा अनसोल्ड भएका छन । उनलाई किन्न कुनै पनि टिमले चासो देखाएनन् । अक्सनमा सन्दीपमाथि कुनैपनि टोलीले बोली नलगाएपछि सन्दिप बीपीएल अक्सनमा अनसोल्ड भएका हुन । प्लेयर नम्बर २१ मा रहेको सन्दिपमाथि कुनै टिमले बोली लगाएनन ।

नेपाली टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले यसअघि पनि विश्वभरका विभिन्न फ्रेन्चाइज लिगहरू खेलिसकेका छन् । उनी बीपीएलमा अनुबन्ध हुने बलिया दाबेदार थिए । बीपीएल विश्वका चर्चित टी–२० लिगहरूमध्ये एक हो । यता एकातर्फ यस अनसोल्डले सन्दिप लामिछानेका समर्थकहरुमा भने निराश छाएको छ ।

 भने अर्काे तर्फ नेपालमा चलिरहेको एनपिएलमा रहेको सन्दिप लामिछानेको टिम बिराटनगर किंग्सले भने सबै आफना समर्थकहरुको मन जितिरहेको छ । बिराटनगरको एनपिएलमा भएको प्रर्दशनले सबैलाई खुसी बनाएको छ।विराटनगर किङ्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सनसनीपूर्ण जितसँगै प्लेअफनजिक पुगेको।

पाँचौं खेलमा चौथो जितसँगै विराटनगर प्लेअफनजिक पुगेको छ।  टोलीका मार्की खेलाडीसमेत रहेका कप्तान सन्दीप लामिछानेको प्रभावशाली बलिङमा विराटनगर किंग्सले एनपीएलमा लगातार राम्रो प्रर्दशन गरेका छ । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सन्तुलित टिम भएकाले यसपाली राम्रो भएको छ।

यसैबिच नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु रोमाञ्चक मोडमा पुगिरहँदा आजको दिनलाई बिश्राम दिनको रुपमा राखिएको छ । अर्थात आज एनपिएलमा कुनै पनि खेल हुने छैनन । खेलाडीहरूको थकान व्यवस्थापन र मैदान मर्मतका लागि आजको दिनलाई ‘विश्राम दिन’ का रूपमा राखिएको जनाईएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकामा पनि बिश्राम दिन भनेर राखिएको छ । भोलि मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्त्वपूर्ण खेलहरू हुनेछन्।

भोलि बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ।जारी अंकतालिका अनुसार भोलिको खेल विशेष गरी जनकपुर बोल्ट्सका लागि ‘गर वा मर’ को स्थितिमा छ। हालसम्म ४ खेल खेलेको जनकपुरले कुनै पनि खेल जित्न सकेको छैन र अंकतालिकाको पुछारमा शून्य अंकसहित सीमित छ । उसका प्रतिद्वन्द्वी चितवन राइनोजले भने ४ खेलमा २ जित र २ हार व्यहोर्दै ४ अंकका साथ मध्यम स्थान बनाएको छ। त्यस्तै, दोस्रो खेलमा भिड्ने कर्णाली याक्स र पोखरा एभेन्जर्स दुवै टोली अंकतालिकामा सुधार गर्न संघर्षरत छन्।५ खेल खेलिसकेको कर्णाली याक्सले १ जित र ४ हारसहित २ अंक मात्र जोडेको छ भने ४ खेल खेलेको पोखरा एभेन्जर्सको पनि १ जित र ३ हारसहित समान २ अंक नै छ।अंकतालिकाको छैठौं र सातौं स्थानमा रहेका यी दुई टोलीबीचको खेल प्लेअफको दौडमा रहिरहन निकै महत्त्वपूर्ण मानिएको छ।