Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

चाँदीको मूल्यले छोयो नयाँ उच्चता, सुनको मूल्य भने घट्यो

चाँदीको मूल्यले छोयो नयाँ उच्चता, सुनको मूल्य भने घट्यो

काठमाडौं । देशभरको धातु बजारमा चाँदीको मूल्य तीन दिनदेखि निरन्तर बढ्दै नयाँ उच्चता छुँदै गएको छ। मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बाडी ३,५४५ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता सुनको मूल्य भने उल्टो दिशामा लागेको छ। मंगलबार तोलामा ३०० रुपैयाँ घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। सोमबार यो दर २ लाख ५३ हजार ६ सय रुपैयाँ थियो।

सुनको ताजा मूल्य अझै पनि असोज ३१ गते पुगेको २ लाख ५८ हजार रुपैयाँ प्रतितोलाको ऐतिहासिक उच्चताभन्दा निकै तल छ।