Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रलोपाको प्रवक्ता सन्तोष परियार नियुक्त

प्रलोपाको प्रवक्ता सन्तोष परियार नियुक्त

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई आफ्नो नयाँ प्रवक्ताको रूपमा चयन गरेको छ। शुक्रबार बसेको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो। परियार परिषद्कै अध्यक्षसमेत रहेका छन्, भने परिषद्की अर्की अध्यक्ष ओजस्वी भट्टराईलाई सह–प्रवक्ताको जिम्मेवारी दिइएको छ।

माओवादीका पूर्व उपमहासचिव जनार्दन शर्मा, रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियार र नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोबसहितको समूहले हालै गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि सहभागी छन्।

नवगठित दलको संरक्षकमा भट्टराई रहने उल्लेख छ। विधान मस्यौदाअनुसार पार्टीको सामूहिक नेतृत्व समावेशी, युवा तथा महिला सहभागितामा आधारित हुनेछ। निर्वाचन आयोगमा दुर्गा सोबको नाममा दर्ता भइसकेको यस पार्टीको चुनाव चिह्न ‘आँखा’ तोकिएको छ।