Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उच्चपदस्थको बयान सुरु,तत्कालीन गृहसचिव हुँदै ओली र लेखकको बयान लिने तयारी

उच्चपदस्थको बयान सुरु,तत्कालीन गृहसचिव हुँदै ओली र लेखकको बयान लिने तयारी

काठमाडौँ । जाँचबुझ आयोगले अब उच्चपदस्थको बयान लिने तयारी सुरु गरेको छ । जेन–जी आन्दोलनको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठन भएको  आयोगले अब उच्चपदस्थको बयान लिने तयारी रहेको जनाएको छ । 

फिल्डमा खटिएका तथा अन्य केही उच्चपदस्थ कर्मचारीको बयान लिइसकेको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीसम्मलाई बयानको दायरामा ल्याउने तयारी गरेको हो । अब तत्कालीन एआइजी र आइजिपीसँग बयान लिने आयोगको तयारी छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले तीव्र गतिमा काम भइरहेको जनाए । 

आइजिपीपछि तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी हुँदै तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी ओलीको बयान लिने तयारी आयोगको छ । आयोगको कार्यकाल अब करिब दुई हप्ता मात्र बाँकी रहेकाले बयानलाई तीव्रता दिएको छ । जेन–जी अगुवाले ओली र लेखकलाई पक्राउ नै गरेर बयान लिन दबाब दिँदै आएका छन् ।