Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

एनपिएल फाइनलमा रोहित पौडेलले लिए ह्याट्रिक विकेट

एनपिएल फाइनलमा रोहित पौडेलले लिए ह्याट्रिक विकेट

काठमाडौँ । एनपिएल को फाइनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन्। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको ११ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन् । 

रोहितले ११ औँ ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई क्याच आउट गराए। लगत्तै पाँचौँ बलमा उनले दीपक बोहरालाई सन्दीप जोराको हातबाट क्याच गराउँदै पेभिलियन फर्काए। ह्याट्रिक बलमा रोहितले पुनित मेहरालाई एलबीडब्लु धरापमा पार्दै ऐतिहासिक सफलता हात पारे।