Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओली र लेखकलाई अर्को हप्ता बयानमा बोलाउँने आयोगको तयारी

ओली र लेखकलाई अर्को हप्ता बयानमा बोलाउँने आयोगको तयारी

काठमाडौँ । जाँचबुझ आयोगले अर्को साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको खुल्न आएको छ । भदौँको २३ र २४ गते भएको जेन जी आन्दोलन बारे छानबिन गर्न बनेको उक्त आयोगले अब राजनीतिक नेताहरुको बयान लिन सुरु गर्ने जनाएको हो ।

आयोगको म्याद थपका लागि प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न गएको आयोगको टोलीले अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने तयारी गरिएको जानकारी दिएको छ । 

छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री ‌ओली र गृहमन्त्री लेखकलाई अर्को साता बयानमा लागि बोलाउने तयारी गरेको जनाए ।